परराष्ट्र मन्त्रालयमा दुई देशका राजदूत

परराष्ट्र मन्त्रालयमा दुई देशका राजदूत

नेपालका लागि चीन र बेलायतका राजदूत सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुग्नुभएको छ । चीनका राजदूत छन् सोङ र बेलायतका राजदूत निकोला पोलिट सरकारी अधिकारीहरुसँग भेटवार्ताको निम्ति आज दिउँसो परराष्ट्र मन्त्रालय जानुभएको बताइन्छ । 

चिनियाँ राजदूत छन्ले परराष्ट्र सचिव भरतराज पौड्यालसँग भेटवार्ता गर्नुभएको हो । बेलायती राजदूत पोलिटले मन्त्रालयकी सहसचिव एवम् प्रवक्ता सेवा लम्सालसँग कुराकानी गर्नुभएको मन्त्रालयले जनाएको छ ।
 

टिप्पणीहरू