एउटा राजदूत काठमाडौं आए, अर्का दोहा गए

एउटा राजदूत काठमाडौं आए, अर्का दोहा गए

नेपालका लागि दुई वटा मुलुकका राजदूतमध्ये एक जना दोहा प्रस्थान गरेका छन् भने एक जना काठमाडौं आएका छन् । हिजो नयाँ दिल्लीबाट नेपालका लागि स्लोभेनियाका राजदूत आएका हुन् । राजदूत मातेजा भोदेव घोष हिजो बेलुकी काठमाडौं आएका हुन् । घोष भिस्तारा एअरको उडानमा आएको बताइन्छ । 

हिजै नेपालका लागि साउदी अरेबियाका राजदूूत दोहा गएका छन् । राजदूत नासार ए अबुहैमद कतार एअरवेजको उडानमा साँझ साढे ६ बजे काठमाडौंबाट दोहा प्रस्थान गरेका हुन् । सोही उडानमा युनिसेफका दक्षिण एसियाका क्षेत्रीय निर्देशक जर्ज नी कुआए मेन्साह लारिया अड्जेई पनि दोहा गएको बताइएको छ ।

टिप्पणीहरू