वकिल साहेब कहाँ हुनुहुन्छ ? गेट रित्तै छ

वकिल साहेब कहाँ हुनुहुन्छ ? गेट रित्तै छ

सर्वोच्च अदालतको गेटमा धर्ना दिई तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरालाई महाअभियोग लगाउन दलका नेता उकास्ने वकिलहरू अहिले कहाँ छन् ? भन्ने प्रश्न त्यहाँको कर्मचारी वृत्तबाट उठाउन थालिएको छ । चोलेन्द्रसमशेर राणामाथिको महाभियोग प्रस्ताव निरूपण नहुँदै कार्यकाल मंसिर २६ गते सकिएको छ । राणाको बहिर्गमनसँगै २ जना कायममुकायम प्रधानन्यायाधीशले सर्वोच्च अदालतको नेतृत्व लिएका छन् । यसबारे बार एशोसिएसन र वकिलहरूले खासै चासो दिएको देखिएन ।

यो बेवास्ताका कारण वकिल पनि सर्वोच्चका न्यायाधीशहरूलाई कमजोर बनाउने र आफ्नो मुद्दामा थर्काई थर्र्काई फैसला गराउने ताकमा रहेको आरोप लगाएका छन् । चोलेन्द्रविरुद्ध गत साल फागुन १ गते संसदमा महाभियोग दर्ता गर्दा कार्यपालिकासँगको साँठगाँठमार्फत न्यायपालिकालाई बद्नाम गरेको, राजनीतिक नियुक्तिमा आफ्नो मान्छे भर्ना गर्न दवाव दिएको र न्यायाधीशको आचरणविरुद्ध काम गरेको भन्ने आरोप लगाइएको थियो ।

संवैधानिक निकायमा ५२ जनाको संसदीय सुुनुवाइ नभैकन नियुक्ति भएको जायज तर्क झिकेर बार एशोसिएशनले गेटमा धर्ना दिई उनलाई अदालत प्रवेश निषेध गरेको थियो । त्यसपछि वकिलहरूले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता गर्न विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट गरी दवाव दिएका थिए । त्यसयता ५२ भाइको मुद्दा सुनुवाइ नहुँदा वा ढिलाइ हुँदा पनि कुनै वकिलले मुख खोलेका छैनन् ।
 

टिप्पणीहरू