हिसाब मिलाउन बिनोद चौधरी दुबईतिर हुरुरु

हिसाब मिलाउन बिनोद चौधरी दुबईतिर हुरुरु

डलर अर्बपति तथा नेपाली काँग्रेसका सांसद विनोद चौधरी संयुक्त अरब इमिरेट्सको दुबईतिर लागेका छन् ।

उनी आज बिहान सवा ९ बजे फ्लाई दुबईको उडान नम्बर एफजेड ११३४ मा त्यता गएका हुन् ।उनी अस्तिदेखि फोर्ब्स पत्रिकाको पछिल्लो विवरणअनुसार विश्वका डलर अर्बपतिको सूचीमध्ये १६४७ नम्बरमा  परेका छन् । आज बिहान उनको सम्पत्ति १ अर्ब ८० करोड अमेरिकी डलर रहेको सोही पत्रिकाले रियल टाइम एसेस्ट्समा उल्लेख गरेको छ ।

दुबईमा एनआरएनको "बिशेष"हैसियत बनाएर बाहिरको कमाई र यताको आम्दानी व्यवस्थापन गर्न यौटा छोरालाई उनले ढुक्कैसङ्ग खटाएका छन् ।


 

टिप्पणीहरू