नागार्जुनका मेयर पुनर्जन्म प्राप्त माननीय भेट्न मुम्बईमा

नागार्जुनका मेयर पुनर्जन्म प्राप्त माननीय भेट्न मुम्बईमा

नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत भारतको मुम्बई पुगेका छन् । उनले त्यहाँको नेशनल बर्न हस्पिटलमा उपचाररत नेपाली काँग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई भेटेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् ।

भण्डारीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ । बस्नेतसँगै भण्डारी भेट्न काँग्रेस काठमाडौं क्षेत्र नम्बर ८ का महासमिति सदस्य बुद्धिमान बलामी, क्षेत्र नम्बर ८ (ख) प्रदेश कार्यसमिति सदस्य श्रीकृष्ण बस्नेत पनि मुम्बई गएका छन् ।  

भण्डारी उपचारको क्रममा अहिले सहयोगीका साथ अस्पतालभित्रै हिँड्न सक्ने भएका छन् । गत फागुन ४ गते राति बुद्धनगरस्थित घरमा भएको ग्यास सिलिण्डर बिस्फोटमा गम्भीर घाइते भएका थिए । सोही घटनामा घाइते बृद्ध आमाको भने भोलिपल्ट निधन भएको थियो ।

टिप्पणीहरू