तीन वटा सैनिक हेलिकाेप्टर भारततिर

तीन वटा सैनिक हेलिकाेप्टर भारततिर

एकातिर सेनासँग भएकामध्ये एउटा सग्लो र तीनवटा एमआई १७ हेलिकोप्टर ग्राउण्डेड छन्, त्यसमाथि राज्यकाेषकाे अचाक्ली दाेहन राेकिएकाे छैन् ।

गौरवसमशेर राणा प्रधानसेनापति हुँदा सन् २०१५ मा दीपक भट्टसहितका बिचौलियाले दोब्बर मूल्यमा किनाएका हेलिकोप्टर अहिले ओभरहल गर्नुपर्ने भएको छ । त्यसका लागि हालै गलब्ल्याडरको अपरेशन सकाएर बसेका रक्षासचिव किरणराज शर्माले ५३ करोड रकम स्वीकृतिको कागजमा हस्ताक्षर गरेका छन् ।

सन् २०१५ मा २ वटा किन्नेलाई आठ–नौ अर्बभन्दा बढी परेन तर नेपाल सरकारलाई बेच्दा १५–१६ अर्बमा कारोबार गरियो । एमआई १७ (भि फाइभ) को मिलिट्री भर्सन भनिएका ती हेलिकोप्टर कतिसम्म कच्चा थिए भने, आन्द्रा एउटा बोक्रा अर्काे ।

०७२ सालको भूकम्पका कारण जनजीवन अस्तव्यस्त नभएको भए यो विषय निकै ठूलो काण्डका रुपमा उठ्दै थियो । तर, त्यतिबेला राहत र उद्धारका लागि हेलिकोप्टर प्रयोगमा आउनाले खरिद मामिलाका बदमासीहरु सामसुम भए । ती हेलिकोप्टरका इञ्जिन सात–आठ वर्ष पुरानो, स्वीच (एभियोनिक्स) हरु १०–११ वर्ष पुराना । दुई वटा हेलिकोप्टर खरिदका क्रममा बिचौलियाहरुले १२ अर्ब आफ्नो भागमा पारे ।

केपी ओली प्रधानमन्त्री र पूर्णचन्द्र थापा प्रधानसेनापति भएको बेला सम्बन्धमा आएको चिसोपनालाई भारतीय पक्षले हालका प्रधानमन्त्री पुष्पकमल दाहालको औपचारिक भ्रमण हुन लागेको बेला घटाउन चाहेको र त्यसैले अहिले हेलिकोप्टरको इञ्जिन र एयरफ्रेम पुनर्निर्माण (ओभरहल) का लागि जिटुजीमा सहुलियतपूर्ण सेवा दिने भएको छ ।

अहिले २८५ वटा एयरफोर्ससँग समेत गरी भारतीय सेनासँग ३ सय १२ वटा एमआई १७ हेलिकोप्टर छन् । भारतको बोर्डर सेक्युरिटी फोर्स (बिएसएफ) का निम्ति अलग्गै हेलिकोप्टर छन् । 
 

टिप्पणीहरू