नयाँ दिल्ली जानुभएका भारतीय राजदूतको काठमाडौं फिर्ती

नयाँ दिल्ली जानुभएका भारतीय राजदूतको काठमाडौं फिर्ती

नेपालका लागि भारतीय राजदूत पाँच दिनको नयाँ दिल्ली बसाईपछि आज काठमाडौं आउनुभएको छ । राजदूत नवीन श्रीवास्तव आज अपरान्ह ४ बजे फर्कनुभएको बताइएको छ ।

उहाँ भिस्तारा एअरलाइन्सको उडान नम्बर युके ०१५५ मा नयाँ दिल्लीबाट काठमाडौं आउनुभएको हो । 

राजदूत श्रीवास्तव गत बुधबार साँझ काठमाडौंबाट नयाँ दिल्ली जानुभएको थियो । अघिल्लो दिन उहाँले सिंहदरबारमा ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत र अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटघाट गर्नुभएको थियो ।

टिप्पणीहरू