चीन गएको प्रतिनिधिमण्डल स्वदेश फिर्ता

चीन गएको प्रतिनिधिमण्डल स्वदेश फिर्ता

परराष्ट्र सचिव भरतराज पौड्यालसहितको टोली चीनबाट स्वदेश आइपुगेको छ । बेइजिङमा आयोजित बैठकमा भाग लिन गएको पौड्याल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज बिहान सवा १० बजे काठमाडौं आइपुगेको बताइएको छ । 

नेपाली प्रतिनिधिमण्डल सिचुआन एअरलाइन्सको उडान नम्बर ३ यु३९०१ मा स्वदेश आइपुगेको हो । सचिवलगायतको प्रतिनिधिमण्डल नेपाल चीन द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको १५ औं बैठकमा भाग लिन बेइजिङ गएको थियो ।

टिप्पणीहरू