व्यवसायीहरुले भोट हाल्न थाले, चन्द्र ढकाल भोलिदेखि एफएनसीसीआईको अध्यक्ष
नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान थालिएको छ । बिहान ८ बजे तोकिएको मतदान साढे १० बजे मात्रै शुरु भएको बताइएको छ ।
मतदान अघि नै हुनसक्ने बदर र सदर मतबारे विवाद बढेपछि तोकिएको मतदानको समय ढिलो भएको हो । हिजो सोल्टी होटलमा उद्घाटन समारोह र आज प्रज्ञा प्रतिष्ठानमा मतदान भएको छ ।
महासंघका ६४ मध्ये ६० पदमा निर्वाचन भएको छ । १ सय १२ उम्मेदवार प्रतिस्पर्धामा छन् । ४ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५५ जना कार्यसमिति सदस्यको लागि निर्वाचन भएको हो ।
वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघई प्रतिस्पर्धामा छन् । हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल भोलिदेखि महासंघ अध्यक्ष हुँदैछन् ।
|
यो पनि... 1. राष्ट्रपति र प्रधानमन्त्रीलाई श्रमदान अवलोकनकाे निम्तो |
टिप्पणीहरू