दरबार हत्याकाण्डको सत्यतथ्य बाहिर ल्याइएको दाबी

दरबार हत्याकाण्डको सत्यतथ्य बाहिर ल्याइएको दाबी

लेखक नर्गेन्द्र न्यौपानेद्वारा लिखित उपन्यास ‘खण्डहर दरबार’ सार्वजनिक भएको छ । दरबार हत्याकाण्डसँग सम्बन्धित उपन्यास सार्वजनिक गरिएको हो । बिएन पुस्तक संसार प्रालिले उनको उपन्यास हालसालै बजारमा ल्याएको छ । यो पुस्तकले दरबार हत्याकाण्डको सत्यतथ्य छर्लङ्ग पार्ने लेखक न्यौपाने बताउँछन् । 

‘बजारमा दरबार हत्याकाण्डसँग सम्बन्धित थुप्रै पुस्तक छन् । यो पुस्तकले भने हत्याकाण्डको सत्यतथ्य बाहिर ल्याएको दाबी गरिएको छ । ठूलो षड्यन्त्र भएको थियो दरबारमा’, उनले भने, ‘राजा वीरेन्द्रको वंश नाश गरियो तर दोषचाँहि युवराज दीपेन्द्रमाथि थुपारियो । जुन कुरा जनताले पत्याउन सकेका थिएनन् । उपन्यासमा दरबार हत्याकाण्डमा नखुलेका रहस्य उजागर गरिएको छ ।’

उपन्यासले दरबार हत्याकाण्डको घटनालाई विस्तृत रुपमा बाहिर ल्याएको उल्लेख गर्दै उनले यो नेपाली जनताले खोजेको पुस्तक भएको बताएका छन् । त्यस्तै, प्रकाशन गृहका कार्यकारी प्रमुख सूर्य बिसीले पुस्तकले युवराज दीपेन्द्रमाथि पनि न्याय गर्ने जिकिर गरेका छन् । 

उनले भने, ‘यसले आमजनतामाथि न्याय त गर्ने नै छ । साथै तत्कालीन युवराज दीपेन्द्रमाथि समेत न्याय गर्नेछ ।’ लेखक न्यौपानेको दशौं कृतिको मूल्य पाँच सय २५ रुपैयाँ तोकिएको छ । यसअघि प्रकाशित उनको ‘दरबार बाहिरकी महारानी’ पुस्तक निकै रुचाइएको बताइन्छ ।

टिप्पणीहरू