प्रधानमन्त्री मानभवनमा, एमाले अध्यक्ष च्यासलमा

प्रधानमन्त्री मानभवनमा, एमाले अध्यक्ष च्यासलमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज दिउँसो ललितपुरको मानभवन जाँदै हुनुुहुन्छ ।  उहाँ नरबहादुर स्मृति कार्यक्रममा सहभागी हुन त्यहाँ जाने बताइएको छ ।

उहाँ दिउँसो २ बजे मानभवनमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन लाग्नुभएको हो । 

यता एमाले अध्यक्ष केपी शर्मा ओली दिउँसो १ बजे पार्टी कार्यालय, ललितपुरको च्यासल जाँदै हुनुहुन्छ । उहाँ पार्टी मुख्यालयमा आयोजना गरिने नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस सम्बन्धी कार्यक्रममा सहभागी हुने बताइएको छ ।

आज मुलुकभर धेरैवटा कम्युनिष्ट पार्टीले विभिन्न कार्यक्रमका साथ कम्युनिष्ट पार्टी स्थापना दिवस मनाउँदैछन् ।
 

टिप्पणीहरू