दलका प्रतिनिधिले ढिलाई गर्दा बारामा भोट गन्न बिलम्ब

दलका प्रतिनिधिले ढिलाई गर्दा बारामा भोट गन्न बिलम्ब

बारा क्षेत्र नम्बर २ को मतगणना केहीबेरमा शुरु हुने भएको छ । बिहान बसेको सर्वदलीय बैठकले ११ बजेबाट मतगणना थाल्ने निर्य गरेपनि सबै दलका प्रतिनिधि आइनपुगेका कारण केही दिला भएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।

कलैयास्थित शिक्षा तालिम केन्द्रमा कडा सुरक्षाबीच मतगणनाको व्यवस्थापन मिलाएको छ भने मतगणनास्थलमा तारजाली तथा सिसि क्यामेरासमेत जडान भएको प्रजिअ सापकोटाले बताए ।

बारा २ मा ६५ प्रतिशत मत खसेको थियो । त्यहाँबाट ३४ उम्मेदवार चुनावी मैदानमा रहेपनि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाहाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । एमालेका पुरुषोत्तम पौडेल र रास्वपाका रमेश खरेल पनि मैदानमा छन् ।

टिप्पणीहरू