एमालेको लुम्बिनी सरकार ढल्यो, काँग्रेसका डिल्ली चौधरीको पक्षमा बहुमत हस्ताक्षर
एमाले नेतृत्वको लुम्बिनी सरकार ढलेको छ । भर्खरै भएको विश्वास मतमाथिको मतदानमा मुख्यमन्त्री लीला गिरीको पक्षमा ३३ र विपक्षमा ५३ मत परेको छ ।
मुख्यमन्त्रीले आज दोस्रो पटक विश्वासको मत लिएका हुन् । गत पुसमा उनी सात दलको समर्थनमा मुख्यमन्त्री बनेका थिए । तर चैत १२ गते माओवादीलगायत दलले समर्थन फिर्ता लिएपछि गिरी नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।
पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त गिरी आज पदमुक्त भएका छन् । अल्पमतमा परेको २९ औं दिनमा मुख्यमन्त्रीले आज विश्वासको मत लिएका हुन् ।
आजको मतदानमा प्रदेश सभामा रहेका एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै पक्षमा मतदान गरेका हुन् । अरु बाँकी दल र स्वतन्त्र सांसदले विपक्षमा मतदान गरेको बताइएको छ ।
गिरी नेतृत्वको सरकार ढलेपछि काँग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । भर्खरै विपक्षी आठ दलका ५३ जना सांसदले चौधरीको पक्षमा गरिएको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएका छन् ।
टिप्पणीहरू