शिक्षक सेवा आयोगको अनलाइन प्रवेशपत्र हराए प्रतिलिपी नपाइने
प्राथमिक तहको स्थायी शिक्षकका लागि खोलिएको विज्ञापनमा एक लाखभन्दा बढीले आवेदन दिएका छन् । शिक्षक सेवा आयोगले गत चैत ९ गते विज्ञापन आह्वान गरेको थियो ।
खुला प्रतियोगितात्मक परीक्षामा सहभागी हुन एक लाख १२ हजार ८५ जनाले आवेदन दिएका छन् । आगामी जेठ २० गते हुने विषयगत सामान्य परीक्षामा सहभागी हुन अनलाइनबाटै प्रवेशपत्र प्रिन्ट गर्नुपर्ने आयोगले जनाएको छ ।
तर प्रवेशपत्रको प्रतिलिपी दिने व्यवस्था नभएकाले प्रवेशपत्र सुरक्षित राख्न आयोगले आग्रह गरेको छ । आयोगका अनुसार परीक्षामा सामेल हुन प्रवेशपत्रसहित आधिकारिक निकायबाट जारी भएका परिचय खुलाउने प्रमाणपत्रहरुमध्ये नागरिकता, अध्यापन अनुमतिपत्र, सवारी चालक अनुमतिपत्र वा राहदानीमध्ये कुनै एक अनिवार्य रुपमा ल्याउनुपर्नेछ ।
टिप्पणीहरू