काठमाडौंमा अमेरिकी र चिनियाँ राजदूतको भेट
नेपालका लागि महाशक्ति राष्ट्र अमेरिका र जनगणतन्त्र चीनका राजदूतबीच भेटघाट भएको छ ।
अमेरिकी राजदूत डिन आर थम्पसन र चीनका राजदूत छन् सोङबीच आज भेटवार्ता भएको बताइएको छ । भेटबारे ट्वीटरमा जानकारी दिनुभएका चिनियाँ राजदूतले अमेरिकी राजदूतसँग भेटपछि खुशी लागेको उल्लेख गर्नुभएको हो ।
‘महामहिम राजदूत डिन आर थम्पसनलाई भेट्दा खुशी छु,’ उहाँले लेख्नुभएको छ । भेटमा नेपालको विकासमा कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको उहाँको भनाइ छ ।
नेपालमा ५० करोड डलरको अमेरिकी सहायता परियोजनालाई लिएर एमसीसी अनुमोदनका बेला चिनियाँ र अमेरिकी चासो सतहमा देखिएको थियो । नेपाल मामिलालाई लिएर बेलाबखत दुबै मुलुकका औपचारिक कूटनीतिक माध्यम निकै सक्रिय हुने गरेका छन् ।
टिप्पणीहरू