तलब नपाएपछि आत्महत्याको तयारी,लगत्तै खबरदारी
झापाको बिर्तामोडका भवानी अधिकारीले सामाजिक सञ्जालमा आत्महत्याको स्टाटस पोष्ट गरे । काठमाडौंको बसुन्धरास्थित लिंक ओभरसिज प्रालिमार्फत् दुबई पुगेका उनले आज बिहान ‘सुसाइड’को स्टाटस् पोष्ट गरेपछि फेसबुकमा जोडिएका साथीहरू झस्किए ।
उनले आफ्नो समस्या उल्लेख गर्दै मर्नुबाहेक कुनै विकल्प नभएको बताएका छन् । अरुसँग ऋण लिएर १० महिनाअघि म्यानपावरका राजन सिलवालमार्फत् विदेश पुगेका भवानीले हालसम्म तलब पाएका छैनन् ।
कम्पनीले तलब नदिएपछि तनावमा परेका उनले म्यानपावरकै कारण आत्महत्या गर्न बाध्य भएको जानकारी गराएको र म्यानपावरलाई यस विषयमा पटकपटक जानकारी गराउँदा पनि कुनै प्रतिक्रिया नदिएपछि मर्ने निर्णय गरेका हुन् ।
‘म १० महिनाअगाडि बिर्तामोडबाट लिंक ओभरसिजको राजन सिलवाल भन्ने मान्छेबाट यहाँ आएको र कम्पनीको नाम पनि राजन सिलवाल नै हो भन्ने थाहा छ’, उनले भनेका छन्, ‘पैसा अर्काले लगाइदिएको थियो । त्यो पैसा तिर्न कम्पनीले दिएन त्यही कारणले म यो फेसबुकमा पोष्ट गरेर सुसाइड गर्न बाध्य भएँ ।’
सामाजिक सञ्जालमा स्टाटस् लेखेर मर्न खोजेका उनलाई साथीहरुले बचाएर आफ्नो साथमा राखेका छन् ।
टिप्पणीहरू