नेपाली काँग्रेसका पूर्वसांसदद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

नेपाली काँग्रेसका पूर्वसांसदद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

नक्कली भुटानी शरणार्थी प्रकरण ढाकछोपमा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि भागेका नेपाली काँग्रेसका पूर्वसांसद आङ्तावा शेर्पाले प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका छन् । 

उनीविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि फरार भएका उनी आज आफैं प्रहरी कार्यालयमा उपस्थित भएका हुन् । 

यो प्रकरणमा पक्राउ परेर हाल हिरासतमा रहेका सानु भण्डारीलगायतलाई भेटेर पूर्वगृहमन्त्री तथा उनको पार्टीका नेता बालकृष्ण खाँणको नाम नपोल्न दबाब दिएको शेर्पामाथि आरोप छ । त्यसको अनुसन्धानका लागि प्रहरीले पक्रन खोज्दा उनी बेपत्ता भएका थिए ।  

दोस्रो संविधानसभा निर्वाचनमा रामेछापबाट चुनाव जितेका शेर्पाले हिरासतमा पुगेर बिचौलियाहरुलाई रकम फिर्ता गर्ने आश्वासन दिई खाँण जोगाउन प्रयास गरेपनि सफल हुन सकेनन् । पाँच दिनअघि नै पक्राउ परिसकेका खाँणमाथि बयान लिने क्रम जारी छ । उनलाई अहिले प्रहरीको काठमाडौं परिसर टेकूको ‘भिआइपी हिरासत’ मा राखिएको छ ।

टिप्पणीहरू