सरकारमा बस्नेहरुको सिंहदरबारमा सल्लाह

सरकारमा बस्नेहरुको सिंहदरबारमा सल्लाह

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सत्ता साझेदार दलहरुको संयुक्त बैठक सिंहदरबारमा बसेको छ ।

सरकारको नीति तथा कार्यक्रम र आगामी वर्षको बजेटका बारेमा साझा धारणा बनाउन बैठक बोलाइएको हो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसिरहेको बैठकमा सत्ता गठबन्धनमा आवद्ध १० दलका शीर्ष नेता र सरकारका मन्त्रीहरुको उपस्थिति छ । 

बैठकमा माओवादी केन्द्रको समेत प्रतिनिधित्व गर्दै प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी हुनुहुन्छ । काँग्रेसबाट सभापति शेरबहादुर देउवासहित उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, कानुनमन्त्री धनराज गुरूङ र अर्थमन्त्री प्रकाशशरण महतको उपस्थिति छ । 

त्यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि बैठकमा पुगिसकेको बताइन्छ । 

अघिल्ला केही बैठकमा अनुपस्थित राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनमत पार्टीका अध्यक्ष सिके राउत, स्वतन्त्र सांसद प्रभु साहको पनि आज उपस्थिति छ ।

टिप्पणीहरू