टीकापुर घटनामा दोषी ठहर भएपछि जन्मकैद भुक्तान गरिरहेका पूर्वसांसद रेशमलाल चौधरी रिहा भएका छन् । उनी बिहान डिल्लीबजार कारागारबाट बाहिर आएका हुन् ।
आज गणतन्त्र दिवसको दिन बिहान सबेरै जन्मकैद भुक्तान गरिरहेका रेशम चौधरी फूलमाला, अबिरसहित बाजा बजाउँदै जेलबाट निस्केका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका चौधरीको बाजागाजासहित स्वागत गरिएको छ । कारागार बाहिर उनका आफन्त, नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ताले फूल र मालाका साथ उनको स्वागत गरेका हुन् ।
चौधरी आजै कैलाली जाने तयारी छ । २०७२ भदौ ७ गतेको टीकापुर घटनामा दोषी ठहर भएका रेशमलाई मात्रै माफी दिइएको छ । अन्य पाँच जना अहिले पनि कारागारमा छन् । बाँकी २९ जना फरार छन् ।