मे महिनामै चीनमा उखरमाउलो गर्मी, सांघाई सय वर्षयताकै तातो

मे महिनामै चीनमा उखरमाउलो गर्मी, सांघाई सय वर्षयताकै तातो

चीनको सांघाईमा मे महिनामा अहिलेसम्मकै उग्र तापमान रेकर्ड भएको छ । सहरको हिजोको तापक्रम सय वर्षयताकै उच्च रहेको बताइएको छ ।

सांघाइको मौसम विज्ञान ब्यूरोका अनुसार हिजो हालसम्मकै सबैभन्दा बढी गर्मी महशुस गरिएको हो । ग्लोबल वार्मिङका कारण उक्त अवस्था देखिएको ब्युरोको भनाइ छ । सांघाईको हिजोको तापक्रम ३६.७ डिग्री सेल्सियस थियो ।  

चीनका विभिन्न भूभागमा झैँ दक्षिणपूर्वी र दक्षिण एसियाका धेरैजसो मुलुकमा पनि मे महिनामै उच्च तापक्रम रेकर्ड भएको छ । ब्यूरोले आगामी जुन, जुलाई र अगष्टमा खप्नै नसक्ने गर्मी हुने अनुमान गरेको छ ।

सांघाईमा हालसम्मकै सबैभन्दा बढी तापक्रम सन् २०१३ को जुलाई २६ मा रेडर्क गरिएको थियो । त्यसदिन शहरको तापक्रम ४०.६ डिग्री सेल्सियस थियो । त्यसअघि सबैभन्दा तातो सन् १९३४ को गर्मी याममा ४०.२ डिग्री रेकर्ड गरिएको बताइन्छ । आगामी गर्मीमा योभन्दा बढी तातो हुने अनुमान छ ।

टिप्पणीहरू