इन्दौरमा प्रधानमन्त्री प्रचण्डको भव्य स्वागत (फोटो फिचर)

इन्दौरमा प्रधानमन्त्री प्रचण्डको भव्य स्वागत (फोटो फिचर)

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मध्यप्रदेशको राजधानी इन्दौर पुग्नुभएको छ । 

उहाँ नयाँदिल्लीबाट विशेष विमानमा इन्दौर जानुभएको हो । मध्यप्रदेश सरकारले इन्दौरमा प्रधानमन्त्री प्रचण्डको भव्य स्वागत गरेको छ । मुख्यमन्त्री शिवराज सिङ चौहानलगायत उच्च अधिकारीहरुले विमानस्थलमै पुगेर प्रधानमन्त्रीको स्वागत गरेका छन् ।  

प्रधानमन्त्रीको स्वागतका लागि चोक-चोकमा दुई देशका झण्डा हातमा लिएका सयौँ नागरिक ताँती लागेका छन् भने साँस्कृतिक प्रस्तुति देखाइएको छ । प्रधानमन्त्रीको सम्मानमा रेड कार्पेट बिछ्याइएको छ । 
 

दिल्ली, इन्दोर र उज्जयन जाने सडकको बिजुलीको पोल-पोलमा प्रधानमन्त्रीको स्वागत बोर्ड राखिएको छ ।

उज्जयन भारतको धेरै पुरानो सांस्कृतिक शहर हो । जहाँ राजा बिक्रमादित्यले शासन गरेका थिए । हाल प्रचलनमा रहेको विक्रम संवत उनै राजाले सुरुवात गरेका थिए ।

मध्य प्रदेशका राज्यपाल मङ्गुभाइ छगनभाइ पटेलसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता हुने जनाइएको छ ।

टिप्पणीहरू