लाखौं नेपाली रुपैयाँ किन मलेसिया लैजान खोजियो ?

लाखौं नेपाली रुपैयाँ किन मलेसिया लैजान खोजियो ?

काठमाडौंबाट लाखौं नेपाली रुपैयाँसहित अन्य विदेशी मुद्रा बोकेर क्वालालम्पुर उड्न खोजेका एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । मालिण्डो एअरको उडानमा जान लागेको चिनियाँ नागरिक फङ चाङवेनलाई प्रहरीले नेपाली र विदेशी मुद्रासहित नियन्त्रणमा लिएको हो ।

राहदानी नम्बर ५७४४४८९ वाहक फङले हातेब्यागमा ९ लाख ८० हजार नेपाली रुपैयाँ, ४० लाख ३० हजार भियतनामी मुद्रा र भारतीय रुपैयाँ ७ हजार ८४० हालेका थिए । विमानस्थलको प्रस्थान कक्षको सुरक्षा क्षेत्रमा उनलाई ती मुद्रासहित प्रहरीले राति पौने १२ बजेको समयमा पक्राउ गरेको हो । 

नियन्त्रणमा लिएपछि उनलाई प्रहरी वृत्त गौशाला पुर्याइएको थियो । थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू