चार उद्योगमाथि कारबाही, एक दर्जनलाई सचेतपत्र

चार उद्योगमाथि कारबाही, एक दर्जनलाई सचेतपत्र

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार उद्योगका उद्योगीलाई कारबाही गरेको छ । विभागले आज गरेको बजार अनुगमनका क्रममा ती उद्योगीले उपभोक्ता संरक्षण ऐन र नियमावलीविपरीत गतिविधि गरेको पाइएको छ । उनीहरुलाई कारबाहीस्वरुप जरिवाना तिराइएको बताइन्छ । 

विभागका अनुसार काठमाडौंको शान्तिनगरस्थित एसएसबि ब्रदर ट्रेडिङ प्रालिलाई पाँच हजार रुपैयाँ जरिवाना तिराइएको छ । साही स्थानको शाह कपीयर एण्ड स्टेशनरी र फसिकेवस्थित आली फेरनले पनि १० हजार रुपैयाँ जरिवाना तिरेका छन् ।

ललितपुरको महालक्ष्मीस्थानमा रहेको माँ सन्तोषी किराना पसललाई १५ हजार रुपैयाँ जरिवाना तिराइएको छ । विभागले अनुगमनको क्रममा १६ वटा उद्योग तथा फर्मलाई पनि सचेत गराउँदै आवश्यक निर्देशन दिइएको छ ।

टिप्पणीहरू