कालोसूचीमा थपियो अर्को निर्माण कम्पनी

कालोसूचीमा थपियो अर्को निर्माण कम्पनी

आरआर कन्स्ट्रक्सन कालोसूचीमा परेको छ । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९, मेच्छे ठेगाना रहेको उक्त कम्पनीले समयमै काम सम्पन्न नगरेपछि कालोसूचीमा राखिएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले आरआर कन्स्ट्रक्सनलाई एक वर्षका लागि कालोसूचीमा राखिएको जनाएको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालोसूचीमा राखिएको हो ।

प्रकाशित सूचनामा भनिएको छ, ‘यो सूचना प्रकाशित भएको मितिले लागू हुने गरी उक्त निर्माण व्यवसायीलाई एक वर्ष अवधिसम्म कालोसूचीमा राखिएकोले सो अवधिभर सार्वजनिक जिकायको कुनै पनि खरिद कारबाही भाग लिन नसक्ने जानकारी गराइन्छ ।’

टिप्पणीहरू