कपिलवस्तुमा स्रोत नखुलेको साढे २० लाख भारु

कपिलवस्तुमा स्रोत नखुलेको साढे २० लाख भारु

स्रोत नखुलेको २० लाख ५० हजार भारतीय रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । गएराति कपिलवस्तुको कृष्णनगर नगरपालिका, लिंक गेटमा खानतलासी गर्ने क्रममा उनीहरुको साथबाट उक्त रकम फेला परेको हो ।

राति १० बजेको समयमा पाँच सय दरका २० लाख ५० हजार भारु बोकेर उनीहरु भारतबाट भाडाको गाडीमा आएका थिग । युपी ५५ ए ६६६३ नम्बरको गाडीमा आएका महाराष्ट्रको राईगढ जिल्ला मुम्बइका ३३ वर्षे सलमान कुरेसीयाको साथबाट आठ लाख र युपी ४२ डिटी ५७२१ नम्बरको गाडीमा आएका मुम्बइकै ३९ वर्षे उमेश सखाराम खंडागलेको झोलाबाट १२ लाख ५० हजार बरामद भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुवै जनालाई नियन्त्रणमा लिएर राति नै राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।

टिप्पणीहरू