प्रहरीमा ४६ जना डिएसपी थपिदैं

प्रहरीमा ४६ जना डिएसपी थपिदैं

नेपाल प्रहरीले इन्स्पेक्टर बढुवा प्रक्रिया शुरु गरेको छ । आज बसेको बढुवा समितिको बैठकले ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस गरेको हो । 

सिफारिसको पहिलो नम्बरमा इन्स्पेक्टर रजन अव्त छन् । त्यसपछि कमल वेल्वासे र तेस्रो नम्बरमा यमकुमार श्रेष्ठको नाम सिफारिस गरिएको छ । 

बढुवा सिफारिसमा परेका डिएसपीमध्ये क्रमशः एलिजा गिरी, कमलराज पण्डित, चेतना पोखरेल, रेमशकुमार श्रेष्ठ, सुधिर राई, अनमोल खड्का, सुरक्षा केसी, निशान थापा, बेदबहादुर पौडेल, सूर्यबहादुर बोगटी, प्रकाश बुढाथोकी, सुवास भट्ट, नवराज ढुंगेल हुन् । 

बढुवा सिफारिसको १७ नम्बरमा चक्रबहादुर मल्ल र त्यसपछि रघुसिंह विष्ट, विकास वम, राजेशराज पुरी, ईश्वरीप्रसाद भण्डारी, हरिप्रसाद पौडेल, दिपेश बस्याल, मुक्तिनाथ सापकोटा, मिङमा शेर्पा, ज्ञानबहादुर खड्का, विनोदकुमार सुनुवार, दमाकृष्ण भट्ट छन् । 

त्यस्तै, २९ नम्बरमा कमस बजगाँई र त्यसपछि रुपा थापा, टेकबहादुर रावत, वीरेन्द्रकुमार पासवान, विकाश थापा, जिवन निरौला, निरन्जन भट्टराई, शुभद्रा लामा वाईवा, दिपककुमार साह, केशरकुमार न्यौपाने, चन्द्रबहादुर थापा, अनिल ठकुरी छन् । 

४१ नम्बरमा खगेन्द्र धमला हुँदा त्यसपछि प्रकाश जधेगु, रिपेन्द्र कुमार, रामकुमार राई, शंकर पोखरेल र लक्ष्मी खनाल रहेको जनाइएको छ ।
 

टिप्पणीहरू