वन मास्न सामुदायिक वन उपभोक्ता समिति अध्यक्षका भाइ सक्रिय, अध्यक्ष र कर्मचारीको मिलेमतो

वन मास्न सामुदायिक वन उपभोक्ता समिति अध्यक्षका भाइ सक्रिय, अध्यक्ष र कर्मचारीको मिलेमतो

कैलालीको एउटा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षको भाइ नै वन फँडानीमा सक्रिय  भएको पाइएको छ । गोदावरी नगरपालिका–१२ को रातोपानी सामुदायिक वनमा भएको रुख काट्ने र फँडानी कार्यमा अध्यक्ष कैलाश विकका भाई कर्णबहादुर विकको संलग्नता पाइएको हो ।

भाइको प्रत्यक्ष संलग्नता भए पनि अध्यक्ष दाइको मिलेमतो रहेको स्थानीयले बताएका छन् । वनबाट एक सयभन्दा बढी रुख काटेर काठ तस्करी भएको गुनासो पहिलेदेखि हुँदै आएको थियो ।

उक्त आरोपमा स्थानीय टेकराज ओझा पनि पक्राउ परेका छन् । अध्यक्ष र वन कार्यालयका कर्मचारीको समेत मिलेमतोमा कर्ण र ओझाले उक्त कार्य गरेको स्थानीयको भनाई छ । 

इलाका वन कार्यालय अत्तरियाले सो क्षेत्रबाट झण्डै दुई सय  एक क्युबिक फिट काठ बरामद भएको जनाएको छ । पक्राउ परेकालाई मुद्दा चलाउने तयारी गरिएको बताइएको छ ।

टिप्पणीहरू