आगो कि पानी ?

आगो कि पानी ?
सुन्नुहोस्

धरानका मेयर श्री हर्क साम्पाङले खोलाको पानी धरान ल्याउनुभयो । आफैँले श्रमदान गरेर पानी ल्याएकै कारण उहाँ अहिले देशैभरि चर्चित हुनुहुन्छ । 

यहाँ काठमाडौंमा अर्का मेयर हुनुहुन्छ, बालेन साह । उहाँ पनि साम्पाङजस्तै लौरोधारी हुनुहुन्छ । अहिले बालेन साहले पनि काठमाडौंमा पानी ल्याउनुभएको छ । त्यो पनि खोलामा होइन, सडकमा । सडकमा उहाँले ल्याएको पानी यति धेरै मात्रामा कि त्यसले भर्खरै एउटा बालकलाई बगाइदिएको छ । पानी ल्याउनमा बालेन पनि साम्पाङभन्दा कम्ता होइन ।

पानी ल्याएर यसरी चर्चामा आउनुभएका हर्क साम्पाङ भनिरहनुभएको छ कि ‘म आगो हुँ’ । उहाँले अस्ति एउटा अन्तर्वार्तामा भन्नुभयो, ‘म आगो हुँ, मलाई नचलाउनु ।’

अब धराने जनता अन्योलमा परेका छन्् । आफूले भोट दिएर जिताएको मेयर वास्तवमा आगो हो कि पानी ?

टिप्पणीहरू