प्रहरीले ताल्चा फुटाएपछि सचिव र कृषिमन्त्रीको राजीनामा माग

सुन्नुहोस्

ललितपुरको हरिहरभवनमा रहेको पशुपन्छी विभागमा लगाइएको ताल्चा प्रहरीले फुटाएको छ । पशुपन्छी तथा मत्स्य क्षेत्रसँग सरोकार राख्ने संघ संस्थाहरुले लगाएको ताल्चा प्रहरीले फुटाइदिएको हो । 

आन्दोलनकारीहरुले विभागका कर्मचारीलाई बाहिर निकालेर मुल गेटमा ताला लगाइदिएका थिए । उक्त ताल्चा प्रहरील दिउँसो १ बजेको समयमा फुटाएपछि आन्दोलनकारीले नाराबाजी गरेका हुन् । प्रहरी हस्तक्षेप बन्द गर, नालायक सचिव राजीनामा दे, कृषिमन्त्री राजीनामा दे लगायत चर्का नारा लगाइएको छ । 

पशुपन्छी तथा मत्स्य सेवातर्फको संरचनागत सुधारका लागि दबाब दिन विरोध कार्यक्रमको आयोजना गरिएको नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. रामकृष्ण खतिवडाले जानकारी दिए । विरोध कार्यक्रममा एक दर्जनबढी संघ, संस्थाको सहभागिता र ऐक्यबद्धता रहेको छ ।

टिप्पणीहरू