बैंकहरुको खुलमखुल्ला बदमासी

बैंकहरुको खुलमखुल्ला बदमासी
सुन्नुहोस्

नेपाल राष्ट्र बैंकले आधा दर्जन बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । चालू आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमासमा छ वटा बैंक कारबाहीमा परेको जनाइएको छ । प्राइम कमर्सियल बैंक, कुमारी बैंक, लुम्बिनी विकास बैंक, एक्सल डेभलपेन्ट बैंकलगायतलाई कारबाही गरिएको बताइएको छ । 

बैंकको सुपरीवेक्षण विभागले गरेको अनुगमनका क्रममा ती बैंकले नियमविपरीत कार्य गरेको पाइएको जनाइएको छ । कर्जा सापटीको वर्गीकरण नगरेको, कर्जा नोक्सानीबापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, प्रचलित कानुन र बैंकबाट जारी भएका नीति निर्देशन तथा नियमको परिपालना भए–नभएको सम्बन्धमा सञ्चालक समितिबाट पर्याप्त अनुगमन नभएको, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ विपरीत ब्याज अनुदान दिएको पाइएको थियो ।

त्यसैगरी, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारीको तलबभत्ता तथा अन्य सुविधासम्बन्धी मार्गदर्शन’ को व्यवस्थाभन्दा प्रतिकूल हुनेगरी प्रमुख कार्यकारी अधिकृतलाई तलबभत्ता र सुविधा दिनेगरी करार सम्झौता गरेको र कार्यसम्पादन नै नगरेको अवधिको पनि तलब दिइएकोलगायत कैफियत भेटिएको राष्ट्र बैंकको भनाई छ ।
 

टिप्पणीहरू