सबै श्रेणीहरू

च्यासलमा सेयर बजारको चर्चा

च्यासलमा सेयर बजारको चर्चा

केही सेयर लगानीकर्तासँगै जेन जी पुस्ताका युवाहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा सहभागी भएर उनीहरुले एमाले रोजेका हुन् ।

सेयर लगानीकर्ता दिपेन्द्र अग्रवाललगायतलाई अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रुपमा पार्टी प्रवेश गराएका हुन् । करिब पाँच दर्जनमध्ये केही जेन जी पुस्ताका युवा सहभागी रहेको एमालेले जनाएको छ।

त्यसअघि एमाले कार्यालयमा आयोजना गरिएको सेयर बजारको विकास, विस्तार र युवाहरूको भूमिका सम्बन्धी कार्यक्रममा विभिन्न व्यक्तिले धारणा राखेका थिए ।