सबै श्रेणीहरू

हिमालयन बैंकको सञ्चालक समिति संरचना फेरिँदै

हिमालयन बैंकको सञ्चालक समिति संरचना फेरिँदै

हिमालयन बैंकको सञ्चालक समितिको संरचना परिमार्जन गरिने भएको छ । बैंकको हालै सम्पन्न ३३ औं वार्षिक साधारणसभाले यो प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । 

साधारणसभाले नियामक निकायको निर्देशनबमोजिम पुँजी संरचनाको अनुपातमा सञ्चालक समितिको संरचना परिमार्जनको अख्तियारी सञ्चालक समितिलाई नै दिने प्रस्ताव पारित गरेको छ । 

त्यस्तै, बैंकको आर्थिक वर्ष २०८२–०८३ को लेखापरीक्षणका लागि वर्तमान लेखापरीक्षकलाई पुनः नियुक्त गर्ने प्रस्ताव पनि पारित भएको छ । 

साधारणसभामा बैंकका अध्यक्ष एवम् सञ्चालक समिति अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले पेश गरेको आर्थिक वर्ष २०८१–०८२ को प्रतिवेदन र एकीकृत वित्तिय विवरण पनि पारित भएको जनाइएको छ ।