माछापुच्छ्रे बैंकले विश्वप्रसिद्ध फुड चेन कम्पनी ‘केएफसी’ र प्रविधि कम्पनी ‘फोन पे’ सँग सहकार्य गरेको छ । बैंकले आफ्ना ग्राहकलाई थप सुविधा दिने तथा डिजिटल बैंकिङ्ग कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले सहकार्य गरेको जनाएको छ ।
मुलुकमै पहिलो पटक हस्पिटालिटी उद्योगलाई लक्षित गर्दै गरिएको यो सहकार्यअन्तर्गत केएफसीका विभिन्न आउटलेटहरुमा बैंकका अत्याधुनिक ‘पोइन्ट अफ सेल’ उपकरण जडान गरिएको छ । यसमार्फत ग्राहकले कार्ड तथा क्युआर माध्यमबाट छिटो, सुरक्षित र सहज रुपमा भुक्तानी गर्न सक्ने बैंकको भनाइ छ ।
यो सहकार्यले भुक्तानी प्रक्रियालाई अझ सरल र प्रभावकारी बनाउने विश्वास बैंकले राखेको छ । माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकको सहजताका लागि यस्ता सहकार्य गर्दै आएको छ । स्थापनाकालदेखि नै नवीनतम प्रविधिमा आधारित सेवासुविधा उपलब्ध गराउँदै आएको बैंकले देशभर आफ्ना सेवा विस्तार गरिसकेको छ ।
बैंकले आफ्ना १६५ शाखा, ८८ शाखारहित बैंकिङ सेवा केन्द्र, ११ एक्सटेन्सन काउन्टर र १९९ एटीएममार्फत १८ लाख बढी ग्राहकलाई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।