बंगलादेशी किसानलाई जुटको चटारो

बंगलादेशी किसानलाई जुटको चटारो स्रोत : सिन्ह्वा ।

बंगलादेश जुट खेतीका लागि प्रशिद्ध मुलुक हो । विश्वमा धेरै जुट उत्पादन गर्ने मुलुकमध्ये बंगलादेश दोस्रो स्थानमा रहेको छ । पहिलोमा भारत रहँदै आएको छ ।

बंगलादेशका किसान अगष्ट महिनामा जुट उत्पादनको निम्ति निकै व्यस्त हुने गरेका छन् । जुटको उत्पादनदेखि बिक्रीसम्म गर्ने भएकाले यो महिना उनीहरु निकै बेफुर्सदिला हुने गरेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

नगदेबालीको रुपमा परिचित जुट खेतीमा यतिखेर अन्यत्रको झैं बंगलादेशको राजधानी ढाकादेखि ६३ किलोमीटर टाढाको माणिकगञ्ज जिल्लाका किसान निकै व्यस्त भएका हुन् । बंगलादेशमा जुटलाई ‘सुनौलो धागो’ भन्ने गरिन्छ ।

बंगलादेशपछि जुट उत्पादनमा चीन तेस्रो, उज्बेकिस्तान चौथो र नेपाल पाँचौं स्थानमा छन् । त्यसैगरी छैठौं, सातौं, आठौं, नवौं र दशौंमा क्रमशः म्यानमार, थाइल्याण्ड, भियतनाम, सुडान र इजिप्ट रहेको बताइन्छ ।

भारतले विश्वको कुल मागको ५० प्रतिशत जुट निर्यात गर्छ भने, बंगलादेशले ४२ प्रतिशत गरेको आकडामा देखिन्छ । 

 

टिप्पणीहरू