बागमतीलाई चाहियो स्थानीय न्यायिक सहजकर्ता

बागमतीलाई चाहियो स्थानीय न्यायिक सहजकर्ता

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले ठूलो संख्यामा करार कर्मचारी मागेको छ । मन्त्रालयले प्रदेशभित्रका विभिन्न गाउँपालिकामा रिक्त ७१ स्थानीय न्यायिक सहजकर्ता पदका लागि आवेदन माग गरेको छ । 

‘स्थानीय न्यायिक सहजकर्ता (नियुक्ति तथा परिचालन) कार्यविधि, २०८० बमोजिम प्रदेशभित्रका विभिन्न गाउँपालिकाहरुमा न्यायिक सहजकर्ताको पद रिक्त रही वि.सं.२०८१ असार मसान्तसम्मका लागि करार गरी पदपूर्ति गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ,’ प्रकाशित सूचनामा भनिएको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी १५ दिनभित्र मन्त्रालय वा मन्त्रालयको इमेलमार्फत आवेदन दिन सकिने उल्लेख छ । यससम्बन्धी थप जानकारी मन्त्रालयको वेबसाइटमा राखिएको बताइएको छ ।

टिप्पणीहरू