रिलायन्ट टेक्नोको लाइसेन्स खारेज

रिलायन्ट टेक्नोको लाइसेन्स खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले कैलालीको लम्कीचुहा नगरपालिका-४, बलियास्थित रिलायन्ट टेक्नो नेटवर्किङ प्रालिको अनुमतिपत्र खारेज गरेको छ । आज सार्वजनिक सूचना निकालेर प्राधिकरणले यस्तो जानकारी गराएको हो । 

सो कम्पनीले अनुमतिपत्र नवीकरणका लागि निवेदन पेश गरेतापनि प्राधिकरणलाई बुझाउनुपर्ने दस्तुर तथा नवीकरणको लागि आवश्यक विवरणसहित सम्पर्कमा आउन पटक-पटक पत्राचार गर्दासमेत अटेरी गरेकाले दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) बमोजिम स्वतः खारेज भएको प्राधिकरणले जनाएको छ । 

‘नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट (इमेलसहित) सेवाको अनुमतिपत्र प्राप्त संस्था श्री रिलायन्ट टेक्नो नेटवर्किङ प्रालि लम्कीचुहा नगरपालिका–०४, बलिया कैलालीले अनुमतिपत्र (अनुमतिपत्रनं. फि.ज.१–१०९) नवीकरणको लागि निवेदन पेश गरेतापनि प्राधिकरण तथा नेपाल सरकारलाई तिर्न बुझाउनुपर्ने दस्तुर तथा नवीकरणको लागि चाहिने विवरणसहित सम्पर्कमा आउन पटक पटक पत्राचार तथा सूचना जारी गर्दा समेत सम्पर्क गर्न नआएकोले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) बमोजिम मिति २०७९÷०४÷१५ देखि स्वतः खारेज भएको जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।

कम्पनीले नियमानुसार बुझाउनपर्ने रकमका सम्बन्धमा ३० दिनभित्र प्राधिकरणमा सम्पर्क गर्न भनेको छ । अन्यथा, असुलीका लागि प्रचलित कानूनबमोजिम कारबाही अगाडि बढाइने सूचनामा उल्लेख छ ।

टिप्पणीहरू