प्रहरी अस्पताललाई नर्स चाहियो

प्रहरी अस्पताललाई नर्स चाहियो

नेपाल प्रहरी अस्पतालले नर्स माग गरेको छ । प्रहरी अस्पताल स्कुल अफ हेल्थ साईन्सेज महाराजगञ्जमा प्रमाणपत्र तह नर्सिङ कार्यक्रमका लागि रिक्त कोटाहरुमा दरखास्त आह्वान गरिएको हो । 

आज सूचना प्रकाशित गर्दै अस्पतालले आगामी असोज २ गते कार्यालय समयभित्र उत्तीर्ण सूचीमा रहेका परीक्षार्थीहरुलाई निवेदन पेश गर्न भनेको छ । 

अस्पतालले प्रहरी कार्यालय सहयोगीदेखि जुनियर प्रहरी अधिकृतका सन्ततीमध्ये एक जना र पुरुष दुई जना तथा खुल्ला तीन जना गरी छ जनाका लागि आवेदन आह्वान गरिएको जनाएको छ । 

साथै, यससम्बन्धी विस्तृत जानकारीका लागि प्रहरी अस्पताल महाराजगञ्जमा सम्पर्क गर्न सकिनेछ ।

टिप्पणीहरू