‘एचपिभी’ खोप अभियानको समयावधि थप

‘एचपिभी’ खोप अभियानको समयावधि थप
सुन्नुहोस्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियानको समयावधि थप गरेको छ । 

मन्त्रालयले सूचना प्रकाशित गर्दै आगामी असोज ५ गतेसम्म खोप अभियान सञ्चालन हुने जानकारी दिएको हो । गत भद्रौ २७ गतेदेखि मन्त्रालयले १४ वर्ष पूरा भएका र १५ वर्ष नकटेका किशोरीलाई ‘एचपिभी’ खोप  निःशुल्क लगाउने अभियान सञ्चालन गरेको थियो । उक्त अभियान भद्रौ २९ गतेसम्म चलाइने बताइएको थियो । 

तर, भद्रौ २९ गते बाल दिवस, भद्रौ ३० गते शनिबार र असोज १ गते हरितालिका तीज पर्वका कारण बिदा पर्न गई विद्यालय बन्द भएकाले खोप लगाउने किशोरीको संख्या न्यून भएको मन्त्रालयको भनाइ छ ।
 
मन्त्रालयका अनुसार लक्षित किशोरीमध्ये ४० प्रतिशतले मात्र खोप लगाएका छन् । त्यसैले, खोप लगाउने अभियानको समयावधि थप गरिएको मन्त्रालयले जनाएको छ ।
 

टिप्पणीहरू