गृह मन्त्रालयमा डाक्टर कुट्नेलाई तीन वर्ष थुन्ने सहमति
सिंहदरबारस्थित गृह मन्त्रालयमा सरकार र आन्दोलनरत चिकित्सकबीच छ बुँदे सहमति भएको छ । हिजो अबेर सरकार र स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संर्घष समितिबीच भएको छलफलमा कुटपिटमा संलग्नलाई तीन वर्षभन्दा बढी कैद सजायका लागि कारबाही प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता सरकारले जनाएको छ ।
उक्त सहमतिपछि चिकित्सकहरुले आन्दोलन फिर्ता लिएका छन् । आजेदेखि सबै अस्पतालमा स्वास्थ्य सेवा सुचारु हुने बताइएको छ । डाक्टर कुट्नेलाई कारबाही सम्बन्धी कानुनी व्यवस्थाको निम्ति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाउने उल्लेख छ ।
उप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा भएको सहमतिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव र संघर्ष समितिका संयोजकले हस्ताक्षर गरेका छन् ।
आफूहरुमाथि आक्रमण हुन थालेपछि चिकित्सकहरु गत मंगलबारदेखि आन्दोलनमा उत्रिएका थिए ।

टिप्पणीहरू