माओवादीले आउँदो चुनाव एक्लै लड्ने
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले आगामी निर्वाचनमा आफ्नो पार्टी एक्लै प्रतिष्पर्धामा उत्रने बताएका छन् ।
पार्टी मुख्यालयमा आज दिउँसो आयोजित पत्रकार सम्मेलनमा उनले चार वर्षपछि हुने आमचुनावमा माओवादीले कसैसँग गठबन्धन नगर्ने दावी गरेका हुन् । आफ्नै खुट्टामा उभिएर चुनाव लड्ने तयारीस्वरूप तीन महिने अभियान चलाइरहेको सापकोटाले बताए ।
देश माओवादीकै एजेण्डामा चलिरहेको बताएका उनले त्यसलाई संगठनमा रुपान्तरण गर्न आवश्यक रहेको पनि बताए । 'माओवादीकै एजेण्डामा देश चलिरहेको छ, अब त्यसलाई संगठनमा अभिव्यक्त गर्दै आगामी चुनावमा पहिलो पार्टी बनाउने संकल्पका साथ अगाडि बढेरहेका छौं’, उनले भने ।
त्यसक्रममा सापकोटाले अहिले पार्टीमा आकर्षण बढेको र अन्य पार्टीबाट हजारौँको संख्यामा कार्यकर्ता प्रवेश गरिरहेको उल्लेख गरे ।
टिप्पणीहरू