दशैंमा धनकुटा बन्द, घर हिँडेकाको सडकमा बिचल्ली

दशैंमा धनकुटा बन्द, घर हिँडेकाको सडकमा बिचल्ली

कोशी प्रदेश पुनः नामांकन संघर्ष समितिले आज धनकुटाका कुनै पनि सडकमा सवारी साधन गुड्न दिएको छैन । गत साता पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाको माग गर्दै समितिले आज धनकुटा बन्द गराएको हो ।

प्रहरिले असोज २५ गते पक्रेको पहिचान पक्षधर तीन कार्यकर्तालाई विनासर्त रिहाइको माग राखेर समितिले आज कोशी राजमार्गमा सवारी साधन आवतजावतमा रोक लगाएको छ ।

कोशी राजमार्गमा बिहानैदेखि यातायात अवरुद्ध भएपछि यात्रुको बिचल्ली भएको छ । कोशी राजमार्गमा भएको सवारी साधन अवरुद्धपछि पहाडी जिल्लाहरु तेह्रथुम, संखुवासभा, भोजपुर, पाँचथरतर्फ जाने र त्यताबाट धनकुटा आउँदै गरेका सवारी साधन रोकिएका छन् ।

टिप्पणीहरू