खाद्यान्न बेच्न छाडेपछि थापाथलीमा खसीबोका किन्ने र हेर्नेको ताँती

खाद्यान्न बेच्न छाडेपछि थापाथलीमा खसीबोका किन्ने र हेर्नेको ताँती
सुन्नुहोस्

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथलीस्थित कार्यालयमा सहुलियत दरमा बिक्री हुँदै आएको खाद्यान्नको बिक्री कार्य रोकिएको छ । आजदेखि खसीबोका र च्याङ्ग्रा बिक्री वितरण गर्नुपर्ने भएकाले खाद्यान्न बिक्री रोकिएको सूचना अधिकारी सुवेदीको भनाई छ । 

अन्य स्थानका सहुलियत पसल भने सञ्चालनमा रहेको उनले जानकारी दिइन् । कम्पनी, दुग्ध विकास संस्थान र साल्ट ट्रेडिङले ९८ स्थानमा सहुलियत पसल सञ्चालन गरेको छ ।

आज बिहानदेखि कम्पनीको थापाथली परिसरमा खसीबोका र च्याङ्ग्राको बिक्री शुरु गरिएको छ ।  मुलुकका विभिन्न स्थानबाट ल्याइएका खसीबोका र च्याङ्ग्राको बिक्री वितरण थालिएको जानकारी दिइएको छ । 

आज बिहानसम्म छ सय खसीबोका र तीन सय च्याङ्ग्रा आइपुगेको छ । जिउँदो खसीबोकाको मूल्य छ सय ७० र च्याङग्राको एक हजार २६० रुपैयाँ तोकिएको छ । बजार मूल्यभन्दा १० रुपैयाँ सस्तोमा बिक्री गरिएको बताइएको छ ।

यो वर्ष दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा ल्याईंदै छ । हेटौंडा र तुलसीपुरबाट खसीबोका तथा रसुवाबाट च्याङ्ग्रा ल्याइएको सूचना अधिकारी सुवेदीले जानकारी दिइन् । 

‘पोहोर एक हजार ६२५ खसीबोका ल्याएका थियौं । अहिले दुई हजार ल्याउँछौं । माग बढ्यो भने अझै ल्याउँछौं’, उनले भनिन् ।
 

टिप्पणीहरू