त्रिभुवन विमानस्थल नजिकै विदेशबाट ल्याइएका सामानको थुप्रो

त्रिभुवन विमानस्थल नजिकै विदेशबाट ल्याइएका सामानको थुप्रो

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आफ्ना सामान उठाएर लैजान सम्बन्धित सबैलाई आग्रह गरेको छ । विमानस्थलको एयर कार्गो कम्प्लेक्स गौचरको गोदाममा दाखिला भएका मालवस्तु लिन आउन कार्यालयले सम्बन्धित व्यक्ति र कम्पनीलाई जानकारी गराएको छ ।

विभिन्न एअरलाइन्सको उडानमा आएका मालवस्तु दाखिला भएको मितिले ६० दिनभित्र छुटाई लैजानुपर्ने प्रावधान विपरित लामो समयसम्म थुप्रिएपछि उक्त आग्रह गरिएको हो । तर, हालसम्म कोही पनि सम्पर्कमा नआएपछि कार्यालयले सार्वजनिक सूचना जारी गरेर सामान उठाउन भनेको हो ।

तोकिएको समयभित्र सामान छुटाई लैजान नसक्नुको मनासिब कारणसहितको निवेदन पेश गरी सात दिनभित्र सामान लैजान कार्यालयले उनीहरुलाई सूचित गराएको छ । 

उक्त अवधिभित्र पनि सामान छुटाएर नलगेमा भन्सार ऐन, २०६४ को दफा ४७ को उपदफा ९५० बमोजिम जफत गरिने कार्यालयको भनाई छ  ।

मलेसियन एअरलाइन्स, चाइना साउदर्न एयरवेज, कतार एयरवेज, टर्किस एअरलाइन्स, एअर इण्डिया, कतार एअरवेज, स्पाइसजेट, क्याथे प्यासिफिक, श्रीलंकन एअरलाइन्स, एअर अरेबियाको उडानबाट आएका विभिन्न सामानहरु गोदाममा लामो समयदेखि थन्किएको छ ।
 

टिप्पणीहरू