शारदा नगरमा बजार अनुगमन तीव्र

शारदा नगरमा बजार अनुगमन तीव्र

सल्यानको शारदा नगरपालिकाले चाडबाडलक्षित बजार अनुगमनलाई तीव्रता दिएको छ । दशैं तिहारलगायतका चाडबाड नजिकिएसँगै नगरपालिकाले बजार अनुगमनमा कडाइ गरेको हो । 

सोही क्रममा नगरपालिकाले ५० हजार रुपैयाँ बराबरको म्याद गुज्रिएको सामान जफत गरी नष्ट गरेको छ । श्रीनगर, खलंगा, बरला, साहुटोल, पिपलनेटा, दुलधारा, मार्केलगायत मुख्य बजार क्षेत्रमा अनुगमनको क्रममा म्याद नाघेको वस्तु फेला परेपछि नष्ट गरिएको उपप्रमुख सुस्मिता सापकोटाले बताइन् । 

उपप्रमुख सापकोटाको नेतृत्वमा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबाल, कर्मचारी दिलमाया राणा क्षेत्री, मनिसा भुसाल, जिल्ला प्रशासन कार्यालय, सल्यानका कर्मचारी र प्रहरी टोली अनुगमनमा खटिएका छन् ।

टिप्पणीहरू