दशैंमा उपत्यकाको सुरक्षा निगरानी ड्रोनबाट गरिँदै

दशैंमा उपत्यकाको सुरक्षा निगरानी ड्रोनबाट गरिँदै
सुन्नुहोस्

नेपाल प्रहरीले चाडबाडलक्षित विशेष सुरक्षा व्यवस्था मिलाएको छ । यो वर्षको दशैं तिहारलगायत अन्य पर्वलाई लक्षित गरेर प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको जानकारी दिएको छ । 

प्रहरीले चाडपर्वको अवधिभर काठमाडौं उपत्यकाको संवेदनशील सार्वजनिक स्थानमा ड्रोनबाट निगरानी राख्ने व्यवस्थासमेत मिलाएको छ ।

भीडभाड तथा जमघट हुने सार्वजनिक स्थल, आवतजावतका नाका, किनमेल हुने मुख्य बजारमा ड्रोनबाट निगरानी राख्न लागिएको छ । चाडबाडको बेलामा चोरी, डकैती, लुटपाटलगायत घटना बढी हुने गरेका छन् । 

त्यसलाई मध्यनजर गर्दै मुलुकभर ५० हजार ५३० प्रहरी परिचालन गरिएको छ । काठमाडौंमा सात हजार ९१७ प्रहरी खटाइएको छ ।

टिप्पणीहरू