गाजामा आठ हजार बढीको ज्यान गयो, साढे तीन हजार नाबालिग

गाजामा आठ हजार बढीको ज्यान गयो, साढे तीन हजार नाबालिग

इजरायल–हमास युद्धका क्रममा गाजामा मृत्यु हुनेको संख्या झन्डै साढे ८ हजार पुगेको दाबी गरिएको छ । 

७ अक्टोबरमा प्यालेस्टाइनको चरमपन्थी समूह हमासले इजरायलमा आक्रमण गरेसँगै सुरु भएको बमबारीले गाजामा मृत्यु हुनेको संख्या ८ हजार ३०० नाघेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बताएको छ । 

मन्त्रालयका अनुसार इजरायलले एन्क्लेभमा प्रतिशोधात्मक बमबारी शुरु गरेदेखि गाजामा कम्तिमा ८,३०६ जना मारिएका छन् । जसमध्ये ३ हजार ४५७ नाबालिग छन् । त्यस्तै, २ हजार १३६ महिला र ४८० वृद्धवृद्धा पनि परेको जारी विज्ञप्तिमा उल्लेख छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गाजाका अस्पतालहरूमा बिजुली आपूर्तिको अभावका कारण मुस्किलले स्वास्थ्यकर्मीहरुले काम गरिरहेका जनाएको  छ ।

डब्लुएचओका अनुसार अस्पताल, आश्रयस्थल, बेकरी, पानी प्रशोधन र पम्पिङ स्टेशन र ढल निकास प्रणालीका लागि विद्युत उत्पादन गर्न आवश्यक पर्ने स्ट्रिपमा इन्धनको ढुवानी पनि हुन सकेको छैन ।
 

टिप्पणीहरू