चितुवाको छाला बेच्न हिँडेका तीनजना प्रहरीको फन्दामा

चितुवाको छाला बेच्न हिँडेका तीनजना प्रहरीको फन्दामा

चितुवाको छाला बेच्न लागेका तीनजना काठमाडौँमा समातिएका छन् । 

प्रहरीका अनुसार चितुवाको छालाजस्तो देखिने अखेटोपहार २ थानसहित नुवाकोट ककनी गाउँपालिका-३ घर भएका ७४ वर्षीय कृष्ण प्रसाद ढुङ्गानासहित ३ जना नयाँबजारबाट पक्राउ परेका हुन् ।  

 उक्त स्थानमा संरक्षित वन्यजन्तु अखेटोपहारको अवैध रूपमा ओसारपसार तथा खरिद बिक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा हिँडिरहेका उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।     

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

टिप्पणीहरू