नयाँ बानेश्वरमा छापियो प्लस टुको नक्कली सर्टिफिकेट

नयाँ बानेश्वरमा छापियो प्लस टुको नक्कली सर्टिफिकेट
सुन्नुहोस्

कक्षा १२ (प्लस टु) को नक्कली सर्टिफिकेट बनाउने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्रेको छ । प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको बताइएको छ ।

काठमाडौं महानगरपालिका ३२ मा बसोबास गर्ने नयाँ बानेश्वरस्थित ग्राफिक डिजाइनिङ्ग एण्ड प्रिन्टिङ सर्भिसका सञ्चालक २३ वर्षीय साईरस विसंखे पक्राउ परेका हुन् । 

प्रहरीका अनुसार कात्तिक १ गते भिजिट भिसामा विदेश जान लागेका व्यक्तिहरुको कागजात शंकास्पद देखिएपछि उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता पठाइएको थियो । 

बरामद कागजातमध्ये राहुलकुमार मण्डलको प्लस टुको सर्टिफिकेट नक्कली पुष्टि भएपछि अनुसन्धानको क्रममा साईरसले उक्त सर्टिफिकेट बनाएको रहस्य खुलेको हो । 

प्रहरीले साईरसलाई प्रिन्टिङ सर्भिसबाट एक थान मोबाइल तथा सीपियु, राहुलको प्लस टुसको नक्कली सर्टिफिकेटसहित नियन्त्रणमा लिएको जनाएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका निम्ति प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको छ ।

टिप्पणीहरू