ट्याक्सी चालकसँगै डीआरटी रेमिट्स सञ्चालक लुटपाटमा संलग्न

ट्याक्सी चालकसँगै डीआरटी रेमिट्स सञ्चालक लुटपाटमा संलग्न
सुन्नुहोस्

नगद तथा धनमाल चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्रेको छ । सिन्धुपाल्चोकका ३० वर्षीय मनोज थापा, गोरखाका ३२ वर्षीय अर्जुन थापा र झापाका ३० वर्षीय शेखर भट्टराई पक्राउ परेका छन् । 

तीमध्ये मनोज र अर्जुन ट्याक्सी चालक हुन् भने शेखर डीआरटी रेमिट्सका सञ्चालक हुन् । मनोज भक्तपुरको कौशलटार, अर्जुन काठमाडौंको कलंकी र शेखर गौशालामा बस्दै आएका थिए ।

अस्ति आइतबार बा.२ ज २१८० नम्बरको ट्याक्सीमा पुगेका उनीहरुले काठमाडौंको सिनामंगलस्थित पीडितको साथमा रहेको विभिन्न सुनका गरगहना तथा नगद चोरेको प्रहरीको अनुसन्धानबाट खुलेको बताइन्छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई सिनांमगलबाट नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट ९६ हजार पाँच सय रुपैयाँ समेत बरामद गरिएको छ । 

पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका निम्ति प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

टिप्पणीहरू