राष्ट्रसंघीय महासचिवसँग उपप्रधानमन्त्री श्रेष्ठको शिष्टाचार भेट

राष्ट्रसंघीय महासचिवसँग उपप्रधानमन्त्री श्रेष्ठको शिष्टाचार भेट

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । उहाँहरुबीच सिंहदरबारमा भेटवार्ता भएको हो । 

नेपालको औपचारिक भ्रमणमा रहनुभएका महासचिवले राष्ट्रसंघीय जलवायु परिवर्तन सहयोग कोषको पुनः संरचना गरेर प्रभावित मुलुकका लागि कोष वृद्धि गरिने जानकारी गराउनुभएको बताइएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठले शिष्टाचार भेटमा नेपाल राजनीतिक परिवर्तनपछि गुणात्मक आर्थिक–सामाजिक न्यायसहित विकासको मार्गमा अघि बढ्न खोजिरहेको बताउनुभएको छ । त्यस अवसरमा उहाँहरुबीच नेपालको आर्थिक–सामाजिक विकासको प्राथमिकता र राष्ट्रसंघको भूमिकाबारे विचार विमर्श भएको छ ।

टिप्पणीहरू